थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण

३ बर्ष अगाडि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार बितेको  २४ घण्टामा थप १०८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ।

यो विगत पाँच हप्तामा वृद्धि भएको सबैभन्दा कम सङ्ख्या हो। योसँगै सङ्क्रमितको कुल सङ्ख्या १६,५३१ पुगेको छ।

तीमध्ये ७,८९१ जना निको भएका छन् भने ३५ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा १३९ जना भाइरसमुक्त गएर घर फर्किएका छन्।

३ बर्ष अगाडि

प्रतिक्रिया