बाढी पहिराबाट क्षती भएकालाई नगरपालिकाले पाँच लाख सहयोग गर्ने

३ बर्ष अगाडि

चौतारा साँगाचोकगढी नगरपालिकाले भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने भएको छ ।

असार २४ गते रातिको अविरल वर्षाका कारण भोटेकोशी गाउँपालिका र बाह्रबिसे नगरपालिकाका विभिन्न ठाउँमा पहिरो र बाढीले ठूलो मानवीय र भौतिक क्षति भएको दुःखद् घडीमा पीडितलाई केही राहत मिलोस् भन्ने हेतुले चौतारा साँगाचोकगढी नगरपालिकाको तर्फबाट भोटेकोशी गाउँपालिकालाई रु दुई लाख र बाह्रबिसे नगरपालिकालाई रु तीन लाख गरी रु पाँच लाख सहयोग गर्ने निर्णय गरेको नगर प्रमुख अमानसिंह तमाङले जानकारी दिनुभयो ।  पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो भने २० जना अझै बेपत्ता छन् ।

३ बर्ष अगाडि

प्रतिक्रिया