इजरायलद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

साउन १४, २०७७ | आजको अर्थ
ajaako_artha

इजरायल सरकारले कोभिड–१९ बाट अतिप्रभावित प्रदेश नं २ लाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।  यहाँस्थित इजरायली राजदूतावासले प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहलाई ती सामग्री आज हस्तान्तरण गरेको हो । हस्तान्तरित सामग्रीमा पिपिई, पञ्जा, मास्क, चश्मा, सानिटाइजरलगायत छन् । 

त्यस अवसरमा मन्त्री साहले प्राप्त सहयोगका निम्ति इजरायली सरकारलाई धन्यवाद दिए । राजदूत बेनी ओमेरले कोभिड–१९ विरुद्धको नेपाल सरकारको लडाइँमा इजरायलको ऐक्यबद्धता रहेको जनाउँदै थोरै भए पनि सहायता गर्न पाएकामा खुशी व्यक्त गरे । 
 

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८