कता हराइन् ‘मेरी मामु’ की कुशुम ?

३ बर्ष अगाडि

अभिनेत्री कुशुम गुरुङले पनि फिल्म ‘मेरी मामु’ बाट डेब्यू गर्दैगर्दा फिल्म क्षेत्रमा आफ्नो भविष्य सुनौलो देखेकी थिइन् । किनकि, फिल्म प्रदर्शनभन्दा अगाडि उनको चर्चा लोभलाग्दो थियो । सुन्दरताका कारण कतिपयले उनलाई सम्भावना बोकेको अभिनेत्रीको रुपमा समेत लिएका थिए । ‘प्रेमगीत’ जस्तो फिल्म बनाएको ब्यानरबाट लञ्च भएकाले उनी सफल हुनेमा निश्चिन्त थिइन् ।
 
प्रायः अभिनेत्रीहरु पहिलो फिल्ममा आमाको भूमिका गर्न चाहँदैनन् । यसले भविष्यमा हिरोइन बन्नका लागि बाटो छेक्ने धेरैको विश्वास छ । तर, कुशुमले अभिनेत्री बन्न सुन्दरता, हाइट, लुक्स सबैले साथ दिँदा दिँदै पनि पहिलो फिल्ममा आमाको भूमिका निभाइन् । यो उनले करिअरप्रति मोलेको ठूलो जोखिम थियो । तर, दुर्भाग्य १ ‘मेरी मामु’ ले उनलाई सफलताको खुसी दिन सकेन ।
 
फिल्मले हलमा घुँडा टेक्यो । समीक्षकले कुशुमको अभिनयको पनि प्रशंसा गर्न सकेनन् । राजधानीको ‘ज्ञ’ थिएटरबाट अभिनयमा तीन महिने प्रशिक्षण लिएर फिल्ममा प्रवेश गरेकी उनी ‘मेरी मामु’ पछि गुमनाम झैं छिन् । डेब्यू फिल्म असफल हुँदा उनीमाथि न गिनेचुनेका ब्यानरको आँखा पर्न सकेको छ न त नयाँ ब्यानरले नै पत्याएका छन् । आजकाल कुशुम कता पो छिन् कुन्नी ?

३ बर्ष अगाडि

प्रतिक्रिया