गत आवमा ६ अर्बको चाँदी आयात

३ बर्ष अगाडि

काठमाडौं – गत आर्थिक बर्ष (आव) २०७६÷७७ चाँदीको आयात १६ दशमलव ५९ प्रतिशतले घटेको छ । बिशेषगरि मूल्य बढ्दा र लकडाउनका कारण गत आवमा चाँदीको आयातको घटेको हो । 
आव २०७५÷७६ मा रू. ७ अर्ब २० करोड ६० लाखको चाँदी आयात भएको थियो । तर, गत आवमा रू. ६ अर्ब १ लाखको चाँदीको आयातको भएको छ ।
यस्तै, परिणामको आधारमागत आवमा ९२ हजार १९ केजी चाँदी आयात भएको छ । अघिल्लो आवमा भने १ लाख २९ हजार २५१ केजी चाँदी आायात भन्सार बिभागको तथ्यांक देखाएको छ ।   

अमेरिका र चीन बीचको व्यापार युद्ध, इरान र अमेरिका बीचको तनावका कारण अन्तरराष्ट्रिय बजारमा नै सुनचाँदीको मुल्य बढेको थियो । फलस्वरुप नेपालमा पनि यी धातुको मुल्य बढेको थियो । मुल्य बढेर मागमा कमी आएपछि गत आवको सुरु देखि नै सुनसँगै चाँदीको आयात पनि घटेको थियो । पछिल्लो समय कोरोना भाइरस नियन्त्रण गर्न लकडाउन लगाएपछि बैदेशिक व्यापार प्रभावित भएपछि पनि चाँदीको आयात हुन सकेको छैन । फलस्वरुप चाँदीको आयात घटेको हो । 

३ बर्ष अगाडि

प्रतिक्रिया