जनतालाई कोरोनाको त्रास, सरकारलाई विप्लवको त्रास

३ बर्ष अगाडि

सरकारले पछिल्लो समय विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता पक्राउ अभियान तिब्र पारेको छ । केही महिना विप्लवका नेता कार्यकर्ता पक्राउ नगरेको सरकारले पछिल्लो समय पक्राउलाई तिब्र बनाएको हो । 

आज शुक्रबारमात्रै सो पार्टीका रुपन्देही इन्चार्ज संगम पुनसहित १० भन्दा धेरै नेता कार्यकर्ता पक्राउ परेका छन् । 
बुटवलको मोतीपुर क्षेत्रबाट विप्लवका जिल्ला इन्चार्ज संगम पुन र नेताहरु विश्वास भट्टराई, नवीन थारु, माधव न्यौपाने, अजमहमद मियालगायतलाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

विप्लव निकट एक नेताले जिल्ला इन्चार्जसहित नेता कार्यकर्ता पक्राउ परेको जानकारी दिए पनि रुपन्देही प्रहरी प्रमुख हेमकुमार थापाले केही नेताहरु पक्राउ गरिएको र यकीन विवरण पछि दिइने प्रतिक्रिया दिए ।

कोरोना भाइरस संक्रमित र मृतकको संख्या दिनानुदिन बढ्दै गएपनि त्यसको रोकथाम र नियन्त्रण भन्दा पनि सरकारले विप्लवका नेता कार्यकर्ता पक्राउ गर्न थालेपछि सरकार विप्लबाट त्रसित रहेको देखिएका छ । 

३ बर्ष अगाडि

प्रतिक्रिया