५५ सयका दरले रकम तिरेर परिक्षण गरेका २ जनामा कोरोना संक्रमण, संक्रमित सम्पर्कबिहीन

साउन १७, २०७७ | आजको अर्थ
ajaako_artha

बुटवलमा रु ५ हजार ५ सयका दरले शुल्क तिरेर कोरोना भाइरस संक्रमण परिक्षण गराएका दुई जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएको छ।

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको प्रयोगशालामा शुल्क तिरेर शुक्रबार स्वाब परिक्षण गराएका दुई जनाको रिपोर्ट पोजेटिभ आएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए।

बुटवल उपमहानगरपालिका वडा नं ६ ठेगाना टिपाएका उनीहरु भने सम्पर्कविहिन छन्।

उनीहरुले दिएको मोबाइल नम्बरमा सम्पर्क गर्दा सम्पर्क हुन नसकेको डा गौतमले जानकारी दिए। परिक्षणमा पोजेटिभ देखिएका व्यक्ति नै सम्पर्कमा नआउँदा उनीहरुको ट्राभल हिस्ट्री पत्ता लगाउन समस्या भएको छ।

रोजगारको शिलशिलामा भारतबाट आएका उनीहरुले रोजगारदाता कम्पनीमा जानुअघि परीक्षण गराउन आएको बताएका थिए। ५५ सयका दरले शुल्क तिरेर उनीहरुले स्वाबको नमुना दिएका थिए।

‘नतिजा पोजेटिभ आएका उनीहरुले दिएको एनसेलको नम्बरमा फोन गर्दा सम्पर्क हुन सकेको छैन’ गौतमले लुम्बिनी टाइम्ससँग भने- ‘सम्पर्क नहुँदा ट्राभल हिस्ट्र पत्ता लगाउन र कन्ट्र्याक ट्रेसिङको काम अघि बढाउन सकिएको छैन।’

कमेन्ट गर्नुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

बुलियन मार्केट

विनिमय दर

मुद्राखरिदबिक्री
U.S. Dollar१२२.०३१२२.६३
European Euro१३१.६६१३२.३१
UK Pound Sterling१५०.८७१५१.६१
Swiss Franc१२५.०९१२५.७१
Australian Dollar७७.७८७८.१६
Canadian Dollar८६.९२८७.३५
Singapore Dollar८५.६५८६.०८