अब शेयर बेचेको दुई दिनमै रकम पाइने,  टि प्लस टु कार्यान्वयनमा ल्याउँदै बोर्ड

३ बर्ष अगाडि

नेपाल धितोपत्र बोर्डले टि प्लस टु कार्यान्वयनमा ल्याउने भएको छ । 

बोर्डले सेयरको राफसाफ अवधि टी प्लस ३ बाट टी प्लस २ बनाउने लागेको  हो ।

बोर्डका अनुसार उक्त नियम माघको पहिलो साताबाटै कार्यान्वयनमा आउने छ । हाल शेयर बिक्री गरिसके पछि राफसाफका लागि ३ दिनको अवधि छुट्यएकोमा अब उक्त समयलाई घटाएर २ दिनको बनाउने तयारी गरेको हो ।

बोर्डले सिडीएसलाई उक्त नियम कार्यान्वयनको लागि निर्देशन दिने तयारी गरेको छ । 

यो नियम लागु भएमा शेयर कारोबार भएको दिन बाहेक २ दिन भित्र शेयर बिक्रेताले शेयर बेचे बराबरको रकम पाईसक्नु पर्ने हुन्छ भने शेयर खरिदकर्ताको खातामा आफुले खरिद गरेको शेयर आइसक्नु पर्छ।

३ बर्ष अगाडि

प्रतिक्रिया