परीक्षाभन्दा ठिक अघि फेसबुक हेरे राम्रो नतिजा आउने

५ बर्ष अगाडि

हेडलाइन पढेर अचम्मित हुनुभयो होला तर यो हामीले होइन एक अध्ययनले बताएको छ । केही समयअघिको एक रिपोर्टले दिएको जानकारी आुसार परीक्षाभन्दा ठिक अघि विद्यार्थीले फेसबुक चेक गरे त्यसको नतिजा राम्रो हुनेछ ।
यो अध्ययन अमेरिकाको युनिभर्सिटी अफ इलिनोइसमा गरिएको छ ।

अध्ययनको नतिजालाई मान्ने हो भने फेसबुक तथा अन्य सोसल नेटवर्किङ साइट्सले परीक्षामा विद्यार्थीको नतिजा राम्रो ल्याउन मद्दत गर्नसक्छ । वास्तवमा अनुसन्धानको रिपोर्टले परीक्षाका कारण विद्यार्थी तनावमा हुने र डरका कारण उनीहरुले थुप्रै गल्ती गर्ने बताउँदै यस्तो अवस्थामा सोसल नेटवर्किङ साइटले तनाव कम गर्न सहयोग गर्ने बताएको छ ।

रिपोर्टले परीक्षाभन्दा ठिक पहिले फेसबुक चलाउँदा विद्यार्थीको मुड फ्रेश हुनुका साथै उनीहरुको तनाव २१ प्रतिशतले घट्ने हुँदा परिक्षाको परिणामा प्रभावित गर्ने दाबी गरेको छ ।

फेबसुकमा राखिएका आफ्ना पोष्टमा थुप्रै लाइक्स र कमेन्ट देखेर विद्यार्थी खुसी हुने र उनीहरुको परीक्षाको डर पनि कम हुने गर्दछ । तर पोष्टमा कम लाइक्स आउनेहरुको भने डर यथावत नै रहेको पनि अनुसन्धानले बताएको छ ।

अनुसन्धानले परीक्षाका कारण ४१ प्रतिशत विद्यार्थी दबाब र डर महसुस गर्ने पनि निष्कर्ष निकालेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया