धर्म परिवर्तन गराउने दुई विदेशी महिला देश निकाला

५ बर्ष अगाडि

काठमाडौं — गृह मन्त्रालयले भिसा दुरुपयोग गरी धर्म परिवर्तन गर्न प्रचारप्रसार गरिरहेका दुई जापानी महिलालाई ५ बर्ष नेपाल प्रवेशमा प्रतिबन्ध लगाई निष्कासन गरेको छ ।  अन्नपुर्ण पोष्टमा  खबर छ ।

मारी इकुरा र यासुको ओवाले इसाई धर्म प्रचारप्रसार गर्ने र गरिब बस्तीमा आर्थिक प्रलोभन देखाई धर्म परिबर्तन गराउँदै आएका थिए । 

गृहसचिव प्रेमकुमार राईको निर्णयबाट धर्म परिवर्तन गराउन संलग्न ती जापानीलाई बिहीबार निष्कासन गरिएको हो । 

उनीहरु पर्यटक भिसामा बस्दै आएका थिए । 

५ बर्ष अगाडि

प्रतिक्रिया