जयनगर–जनकपुर रेल डेढ महिनाभित्र सञ्चालन हुने

५ बर्ष अगाडि

काठमाडौँ-डेढ महिनाभित्र जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने भएको छ ।
 रेल विभागका प्रवक्ता अमन चित्रकारले सन् २०१८ को अन्तिम (पुस १६) सम्ममा जयनगर–जनकपुर रेलसेवा पुनः सञ्चालनमा आउने जानकारी दिए । तत्काल जम्मा ३४ किलोमिटर दूरीको रेल सेवा पुनः सञ्चालनमा ल्याउन भौतिक निर्माणका काम सम्पन्न भइसकेको जानकारी समेत उनले दिए ।
‘ट्रेन सेट’ खरिद गरेर जयनगर–जनकपुर रेल सेवा सञ्चालन गर्ने सरकारको पहिलो प्राथमिकता हो तर सन् २०१८ भित्र नै रेल सेवा सञ्चालनमा ल्याउनुपर्ने समयसीमा भएकाले ‘ट्रेन सेट’ नै ‘वेट लिज’ मा लिएर सञ्चालन गर्ने कि भन्नेबारे छलफल भइरहेको जानकारी पनि  उनले दिए । गाेरखापत्र दैनिकमा खबर छापिएकाे छ । 
कुन मुलुकसँग ‘वेट लिज’ मा ‘ट्रेन सेट’ लिने भन्ने अहिलेसम्म तय भइनसकेको जानकारी दिंदै उनले ‘वेट लिज’ मा लिएर भए पनि नेपाल सरकारले आफ्नो पूर्ण स्वामित्वमा नै उक्त रेल सेवा सञ्चालन गर्ने स्पष्ट पारे । 

५ बर्ष अगाडि

प्रतिक्रिया