प्रहरीलाई घुस दिन खोज्ने २ जना फन्दामा

५ बर्ष अगाडि

काठमाडौं–    काठमाडौं महानगरपालिका ९ काँडाघारी चोकबाट प्रहरीलाई ५ सय रुपैयाँ घुस दिन खोज्ने २ जनालाई शुक्रबार बेलुका प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा सोही ठाउँ हरहर महादेव बस्ने नुवाकोट खडक भञ्ज्याङ ३ का २२ वर्षिय प्रज्वल तामाङ र सोही ठाउँ बस्ने रामेछाप फुपा ७ का २३ वर्षीय सुजन श्रेष्ठ रहेका छन् । 

काँडाघारी चोकमा प्रहरीले बा २४ प ८७८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएको तथा साथमा कागजपत्र समेत नभएकोले आवश्यक कारवाही गर्न खोज्दा ५ सय रुपैयाँ घुस दिन खोजेकोले उक्त नगद र मोटरसाइकल सहित मोटरसाइकलमा सवार तामाङ र श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । 

यसैगरी काठमाडौं महानगरपालिका ३२ स्थित पेप्सिकोला चोकबाट प्रहरीलाई घुस दिन खोज्ने ट्याक्सी चालक बौद्ध बस्ने  काभ्रे पाँचखाल नगरपालिका १२ का ४१ वर्षीय राजाराम दनुवारलाई शुक्रबार राति प्रहरील पक्राउ गरेको छ । 

 सोही ठाउँस्थित प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले बा २ ज ४५९१ नम्बरको ट्याक्सीको कागजपत्र जाँच गर्ने क्रममा ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र नभेटिएकोले आवश्यक कारबाही गर्न खोज्दा राजारामले प्रहरीलाई नगद ३ सय रुपैयाँ  घुस दिन खोज्दा उक्त ट्याक्सी सहित पक्राउ गरिएको हो । 
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको  छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया