प्रस्तावित राजदूतबिरुद्ध कुनै पनि उजुरी परेन

५ बर्ष अगाडि

काठमाडौं - विभिन्न ५ मुलुकका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई आगामी विहीवारदेखि हुने भएको छ । प्रस्तावित राजदूत विरुद्ध कुनै पनि उजुरी नपरेपछि लागि सुनुवाई विहीवार र शुक्रवारका लागि तय गरिएको हो ।

दुई दिन राजदूतहरुको सुनुवाई तोकिएको बताउँदै संघीय संसद सचिवालयका सहप्रवक्ता केशव अर्यालले भने–‘समितिले खोजेको विषय माथि कोही पनि राजदूत माथि उजुरी परेको छैन ।’ गत पुस १८ गते बसेको समितिको बैठकले प्रस्तावित राजदुत विरुद्ध उजुरी दिन १० दिनको समय तोकेको थियो ।
यो अवधिमा क्यानडामा नेपाली दूतावास आवश्यक नभएको भन्ने प्रकृतिको एउटा मात्रै उजुरी परेपनि सो उजुरी समितिले खोजेको विषय सान्दर्भिक नभएको अर्यालले बताए । अाजकाे नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया