धादिङबाट प्रहरीले बरामद गरेको सुन एकाएक तामा बन्यो, आखिर कसरी ?

५ बर्ष अगाडि

काठमाडौं– १९ पुसमा प्रहरीले धादिङको गजुरीबाट  ४ किलो सुन बरामद गरेको भन्दै पत्रकार सम्मेलन गरेको थियो । प्रदेश ३ प्रहरी कार्यालय हेटौडा र इलाका प्रहरी कार्यालय गजुरीबाट खटिएको टोलीले बरामद गरेको सुनसहित तीन आरोपीलाई सार्वजनिक गरेको थियो । आजको नयाँ पत्रिका दैनिकले खबर छापेको छ । 
प्रहरीले यसरी बरामद गरेको सुन राजस्व अनुसन्धान विभागमा तुरुन्तै दाखिला गर्नुपर्छ । तर, राजस्व अनुसन्धान विभाग भन्दैछ, ‘धादिङमा बरामद भएको भन्दै प्रहरीले बुझाएको सुन होइन, तामा र ढलोट मिसिएको धातु हो ।’
बरामद भएको सुन नै नक्कली हुन सक्ने अथवा बरामद भएपछि राजस्व अनुसन्धानसम्म पुर्याउँदा साटिएको हुन सक्ने दुबै सम्भावना  छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया