संसदमा हंगामा: गगनलगायतका नेताहरुले उठाए औंला

५ बर्ष अगाडि

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक १५ मिनेटको लागि स्थगित भएको छ । 

जिपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको हो । 

नेपाली काँग्रेसका नेताका नाममा रहेका अस्पताललाई पूर्वाग्रहसाथ सरकारले केन्द्र सरकारको मातहतमा नराखेर खारेजी गर्ने अवस्थामा पुर्याएको भन्दै त्यसको विरोधमा काँग्रेस सांसदहरुले मङ्गलबारको प्रतिनिधिसभा बैठक पनि अवरोध गरेका हुन् । 

निरन्तरको आग्रहबाट पनि काँग्रेस सांसदहरु शान्त नबनेपछि सभामुख महराले १५ मिनेटको लागि बैठक स्थगित भएको घोषणा गरे ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया