शिक्षामन्त्री काँग्रेस सांसदको घेराबन्दीमा, संसद बैठक फेरि बिथोलियो

५ बर्ष अगाडि

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधका कारण संघीय संसदको प्रतिनिधिसभा बैठक फेरि बिथोलिएको छ । 

सभामुख कृष्ण बहादुर बहराले मंगलबार पहिलोपट १५ मिनेटको लागि स्थगित गरेको संसद बैठक काँग्रेस सांसदले बिथोलेपछि फेरि १५ मिनेटकै लागि स्थगित गरिएको छ।  

दोस्रो बैठक प्रारम्भ हुनासाथ सभामुख महराले शिक्षामन्त्री गिरीराजमणि पोखरेललाई चिकित्सा राष्ट्रिय शिक्षा विधेयक–२०७५ पेश गर्न अनुमति दिएलगत्तै काँग्रेस सांसदहरुले उठेर घेराबन्दी थालेका थिए । त्यसपछि शिक्षामन्त्री  अघि बढ्दै गर्दा काँग्रेस सांसदले घेरा हालेर रोकेका थिए भने निरन्तर नाराबाजीमा उत्रिए । 

वीपी कोइराला श्वासप्रश्वास केन्द्र तनहुँ र शुशील कोइराला प्रखर क्यान्सर अस्पताल बाँकेलाई केन्द्र सरकार मातहत राख्न माग गर्दै काँग्रेसले प्रतिनिधि सभाको बैठक अवरुद्ध पारेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया