बलिउड अभिनेत्री करीना कपूरको केही बर्ष अगाडीको एउटा भिडियो निकै भाइरल भएको छ। उक्त भिडियोमा करीनाले आफु राहुल गान्धीसँग ‘डेट’ मा जान चाहेको खुलासा गरेकी छिन् ।
उनले भनेकी छिन, ‘मैले यो कुरा भन्न हुन्छ कि हुँदैन मलाई थाहा छैन र मलाई यो कुरा विवादित भए पनि केहि फरक पर्दैन । म राहुल गान्धीलाई एकदमै राम्रोसँग चिन्छु । मैले उनको तस्बिर पत्रिकामा देखेपछि उनीसँग बोल्न चाहन्थेँ । म फिल्म क्षेत्रबाट हुँ र उनी राजनीतिक परिवारबाट । मलाई लाग्छ हामीबीचको कुरा दिलचस्प हुनेछ ।’
भारतमा हुन लागेको लोकसभा चुनावसँग जोडेर विभिन्न कलाकारको नाम आइरहँदा करीनाको उक्त भिडियो सामाजिक सञ्जालमा बाहिरिएको हो ।एजेन्सी
भिडियो:
प्रतिक्रिया