किन खानुपर्छ रायोको साग ?

५ बर्ष अगाडि

काठमाडौँ – रायोको साग खानुको धेरै फाइदाहरु छन् । जसबाट भिटामिन 'ए' प्रशस्त मात्रामा पाइन्छ । यसले रतन्धोलगाएतका रोगबाट केटाकेटीलाई समेत बचाउछ । 

यस्ता छन् रायोको साग खानुका फाइदाहरु 


– रायोको सागमा भिटामिन–ए प्रशस्त पाइने भएकाले यसले रतन्धोलगायत रोगबाट केटाकेटीलाई बचाउँछ ।

–    रुघा लागेमा रायोको दाना पिसेर यसलाई महमा मिसाई सुँघ्नाले सञ्चो हुन्छ ।

–    पाचनशक्ति कमजोर छ भने रायोको दाना पिसेर यसलाई तरकारीमा हालेर हप्तादिनजति खानाले पाचनशक्ति बलियो बन्दै जान्छ । यसो गर्नाले भोक नलाग्ने समस्या पनि हटेर जान्छ ।

–    रायोको गेडाको चूर्णलाई तातोपानीमा हालेर घोली कुल्ला गर्नाले दाँतको दुखाइ कम हन्छ ।

–    बच्चाको ओछ्यानमा पिसाब फेर्ने बानी छ भने उसलाई रायोको चूर्णलाई चिसोपानीमा मिसाएर पिलाउने गर्नुपर्छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया