प्रचण्ड आतंककारी भन्दै अमेरिकामा हालेपछि यी व्यक्तिविरुद्ध चौतर्फी आलोचना

५ बर्ष अगाडि

काठमाडौं– नेकपा अध्यक्ष प्रचण्ड अमेरिका गएको बेला आतंककारी भएको भन्दै पक्राउ माग सहित अमेरिकी प्रशासनमा उजुरी हाल्ने व्यक्तिको नेपालमा कडा आलोचना भएको छ । नेकपासहित विपक्षी दलका कार्यकर्ताका साथै स्वतन्त्र हैसियतमा रहेका नागरिक समेतले द्धन्द्धकालीन मुद्दालाई ब्यूताउन खोजेर गलत हर्कत गरेका टिप्पणी गरिरहेका छन् । सामाजिक सञ्जालमा प्रचण्डविरुद्ध परेको उजुरीका विषयमा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । 
हाल अमेरिका केन्टुकी स्टेट युनिभर्सिटीमा कार्यरत डा‍ तिलक श्रेष्ठले अमेरिकाको बाल्टिमोरस्थित अनुसन्धान सम्बन्धी संघीय ब्यूरोमा उजुरी गरेका  हुन् ।

तर, प्रचण्डका लागि अमेरिकाले उजुरी परेपनि  ‘नो इन्भेष्टिगेशन’ सर्कुलर जारी गरेको छ । अध्यक्ष दाहाल अमेरिका भ्रमणमा निस्किएलगत्तै सो देशले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको हो । 

अध्यक्ष दाहालका लागि जारी गरिएको उक्त सर्कुलर अमेरिकाले विशेष रुपमा मात्र जारी गर्ने गरेको छ । यसअघि अमेरिकाले भारतीय उच्च नेतृत्वका लागि पनि यो सर्कुलर जारी गरेको थियो । 
 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, प्रभावशाली नेतृ सोनिया गान्धी लगायतको भ्रमणका क्रममा पनि अमेरिकाले नो इन्भेष्टिगेशन सर्कुलर जारी गरेको थियो । अमेरिकाले जारी गर्ने यो सर्कुलरले कुनै पनि उच्च नेताहरुका लागि उत्पन्न हुनसक्ने कानूनी झमेला  हटाउनका लागि बाटो खोल्ने गर्दछ । 


काठमाडौंस्थित अमेरिकी राजदूतावास निकट श्रोतका अनुसार  यस्तो सर्कुलर जारी गरेपछि सरकारका कुनै पनि निकायले कार्वाही प्रक्रिया अगाडि बढाउन मिल्दैन ।

अध्यक्ष प्रचण्ड अमेरिका भ्रमणमा निस्किनुअघि नेपालका लागि अमेरिकी राजदूत रेन्डीबेरीले उनको निवासमै पुगेर भेटवार्ता गरेका थिए । सो भेटवार्ताका क्रममा प्रचण्डको अमेरिका भ्रमण र त्यहाँ हुने सम्मानका विषयमा छलफल भएको थियो । 

अध्यक्ष प्रचण्ड पत्नी सिता दाहालको उपचारका क्रममा अमेरिका भ्रमणमा रहेका छन् ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया