काठमाडौँ - कामना सेवा विकास बैंकले संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकले आज माघ १७ गतेदेखि ५ लाख ९ हजार ८९२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको हो ।
यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत बोलपत्र पेश गर्न सक्नेछन् । संस्थापक सेयरको प्रतिकित्ता भाउ १०० रुपैयाँ तोकिएको छ ।
यसमा बिक्री प्रबन्धकको काम प्रभु क्यापिटलले गर्नेछ । आवेदकले प्रभु क्यापिटल, कमलादी काठमाडौंमा पुग्नेगरी लिलामीको बोलपत्र पेश गर्नुपर्नेछ । यसमा माघ २३ गतेसम्म आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया