काठमाडौं । युनाइटेड अजोड इन्सुरेन्सको लाभांश सुरक्षित गर्ने आज माघ २१ गते आइतबार दिन अन्तिम मौका रहेको छ ।
गत वर्षको नाफाबाट यस कम्पनीले सेयरधनीलाई १०.२६१२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४०१ प्रतिशत नगद गरी जम्मा १०.८०१ प्रतिशत लाभांश वितरण गर्दैछ ।
साधारण सभा प्रयोजनका लागि यसले माघ २२ गते बुक क्लोज गर्ने यस ईन्सोरेन्सको लाभांश हात पार्न आजै सेयरधनी बनिसक्नुपर्नेछ। उक्त लाभांश पारित गर्न युनाइटेड अजोडले फागुन ६ गते वार्षिक साधारण सभा बोलाएको छ ।
सभा अनमोल ब्यांकेट, शंखमुल, काठमाडौंमा बिहान ११ बजे सुरु हुने कम्पनीले जानकाी दिएको छ ।
प्रतिक्रिया