सर्वसाधारणका लागि सर्वोत्तम सिमेन्टले गर्योे आइपिओ निष्कासन, आवेदन कहाँ दिने ?

आइतबार, १३ फागुन २०८०, ०७ : ३७

काठमाडौंः सर्वोत्तम सिमेन्टले सर्वसाधारणलाई पहिलो पटक बुक बिल्डिङमार्फत  आज फागुन १३ गतेदेखि आइपिओ निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले २७ लाख ७६ हजार ७६ कित्ता सेयर सर्वसाधारणलाई जारी गरेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई बिक्री खुला गरेको छ।

सर्वोत्तम सिमेन्टले बुक बिल्डिङ विधिबाट निर्धारण भएको प्रतिकित्ता ३६०.९० रुपैयाँ भाउमा आइपिओ जारी गरेको हो । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

 कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । यसमा एक जनाले न्यूनतम ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।कस्तो छ रेटिङ अवस्था रुरेटिङ एजेन्सी इक्रा नेपालले सर्वोत्तम सिमेन्टको आइपीओलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ ट्रिपल बी’ प्रदान गरेको छ । 

आइतबार, १३ फागुन २०८०, ०७ : ३७

प्रतिक्रिया