पाकिस्तानमा तीन तल्ले भवन ढल्दा ९ जनाको मृत्यु

१ महिना अगाडि

काठमाडौँ-  पाकिस्तानको पन्जाब प्रान्तमा तीन तल्ले भवन ढल्दा ९ जनाको मृत्यु भएको छ । यो घटना प्रान्तको मुल्तान सहरमा मंगलबार भएको हो । त्यहाँको तीन तले आवासीय भवन अचानक भत्किएको थियो । घटनामा अन्य दुई जना घाइते भएका छन् । 

मृत्यु हुने चार जना एकै परिवारका थिए । अधिकारीहरूका अनुसार अचानक भत्किएपछि पूरै घर भग्नावशेषमा परिणत भएको थियो । जसका कारण वरपरका घरमा समेत क्षति पुगेको छ । 

पाकिस्तानमा भवन भत्किनु कुनै नौलो कुरा होइन । सस्तो निर्माण सामग्री र कमजोर सुरक्षा मापदण्डका कारण घरहरू कमजोर बन्ने र भत्किने घटनाहरू विगतमा पनि धेरै नै भएका थिए । यसअघि सन् २०२० को जुनमा मा पाकिस्तानको सबैभन्दा ठुलो सहर कराँचीमा एउटा अपार्टमेन्ट भवन भत्किँदा २२ जनाको मृत्यु भएको थियो ।

१ महिना अगाडि

प्रतिक्रिया