नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन

१ महिना अगाडि

काठमाडौँ - क्याम्ब्रिज र ब्रिटिस काउन्सिलले नेपालमा उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कारको विजेताको नाम घोषणा गरेको छ ।

यो पुरस्कार नोभेम्बर २०२२ र जुन २०२३ मा क्याम्ब्रिजमा संचालित परिक्षाको श्रृंखलामा नेपालका माध्यमिक विद्यालयका विद्यार्थीहरूको उत्कृष्ट शैक्षिक उपलब्धिका साथ दिइएकोे छ । नेपालका ४३ विद्यार्थीहरूले क्याम्ब्रिज इन्टरनेशनल एएस र ए लेभलको परीक्षामा उत्कृष्ट प्रदर्शन गरेकोमा पुरस्कार पाएका छन् । उनीहरूलाई देशमा उत्कृष्ट भएको, समग्रमा राम्रो गर्ने र उच्च ग्रेड प्राप्त गरेकोमा मान्यता दिइएको थियो । उत्कृष्ट क्याम्ब्रिज शिक्षार्थी पुरस्कार कार्यक्रमले विश्वका ४० भन्दा बढी देशहरूमा क्याम्ब्रिज इन्टरनेशनल एजुकेशनद्वारा लिइएको परीक्षामा सहभागी विद्यार्थीहरूको सफलतालाई पहिचान दिलाउनुको साथै सम्मान व्यक्त गर्दछ । क्याम्ब्रिजबाट प्राप्त योग्यताहरूले शिक्षार्र्थीहरूलाई विश्वविद्यालय र त्यसभन्दा बाहिर चाहिने ज्ञान, बुझाइ र सीपहरूद्वारा सुसज्जित पार्दछ । ति मान्यताहरू विश्वभरमा अग्रणी विश्वविद्यालयद्वारा मान्यता प्राप्त र प्रतिष्ठित छन् । क्याम्ब्रिजमा अन्तर्राष्ट्रिय शिक्षाका लागि दक्षिण एसियाका क्षेत्रीय निर्देशक महेश श्रीवास्तवले भनेः “हामीले गर्ने हरेक कुराको केन्द्रबिन्दु क्याम्ब्रिज शिक्षार्थीहरू हुन् ।

क्याम्ब्रिज शिक्षाको प्रत्येक तत्व – जस्तो पाठ्यक्रम, शिक्षण र सिकाइ, स्रोत र मूल्याङ्कन – शिक्षार्थीहरूलाई उनीहरूमा लुकेर रहेको क्षमता हासिल गरि जीवनलाई सफलता तथा समृद्धिले अभिभूत गर्न राम्ररी डिजाइन गरिएको हो ।”ह्यारिएट गार्डनर, क्षेत्रीय परीक्षा निर्देशक, दक्षिण एसियाको उद्घाटन कार्यक्रममा मन्तव्य दिंदै भने, “मैले विद्यार्थीहरूको आँखामा उत्साह, जोश, महत्वाकांक्षा र सुन्दर भविष्यको प्रतिक्षामा रहेको देखें । यसले मलाई हामीले किन परीक्षाको निम्ति अध्ययन र प्रयास गरिरहेका छौं भन्ने कुराको स्मरण गराउँछ । चाहे क्याम्ब्रिज अन्तर्राष्ट्रिय परिक्षा होस वा आइइएलटीएस अथवा अरु युकेबाट प्राप्त योग्यताहरु, हामी यहाँ युवाहरुले पाएका अवसरहरुलाई सफलतामा परिणत गर्न समर्थन गर्न र तिनीहरुलाई आफ्नो सपना प्राप्ति, सीप र आत्मविश्वासको विकास र विश्व एक गाउँजस्तो भएको वर्तमान परिप्रेक्ष्यमा एकआपसमा जोड्न मद्दत गर्नु हो ।” पुरस्कारले नेपालका विद्यार्थीहरूमाझ कम लोकप्रिय विषयहरूमा समेत असाधारण रूपमा उत्कृष्ट प्रदर्शन गरेको उपलब्धिलाई उजागर गरेकोछ । साथै, ती विद्यार्थीहरूको उपलब्धिलाई पहिचान गर्दछ ।जसले विभिन्न विषयहरूमा उच्चतम संयुक्त अंक हासिल गरेका छन् । यी विजेता विद्यार्थीहरूले क्याम्ब्रिज परीक्षा दिएका विश्वव्यापी हजारौं उम्मेद्वारहरूको तुलनामा उत्कृष्ट प्रदर्शन गरेका छन् ।

उत्कृष्ट क्याम्ब्रिज लर्नर पुरस्कार विजेताहरू निम्नानुसार छन् 
हाई एचिभमेन्ट

 

Capture

टप ईन नेपाल

aaaaa

बेस्ट एक्रस

a qq

क्याम्ब्रिज को बारेमा

क्याम्ब्रिज इन्टरनेशनल एजुकेशन क्याम्ब्रिज विश्वविद्यालयको एउटा भागको रुपमा रहेको क्याम्ब्रिज युनिभर्सिटी प्रेस एण्ड एसेसमेन्टमा आबद्ध एक अन्तर्राष्ट्रिय शिक्षा समूहको पुरस्कृत निकाय हो । हाम्रो अन्तर्राष्ट्रिय शिक्षा समूहले ज्ञान, समझ र सीपलाई सजिव आकार दिने शिक्षा प्रदान गर्न विश्वव्यापी विद्यालयहरूसँग मिलेर काम गर्छ । साथै, हामी विद्यार्थीहरूलाई उनीहरूको आफ्नो जीवनलाई फस्टाउन र परिवर्तनशील संसारमा सकारात्मक प्रभाव पार्न आवश्यक आत्मविश्वास प्रदान गर्दछौं । 

हामीले क्याम्ब्रिज पाथवे वा मार्गनिर्देश भनेर चिनिने ३ वर्षदेखि सुरु हुने र १९ वर्षसम्म जारी रहने शिक्षाको लागि विश्वव्यापी मान्यता प्राप्त र अनुकूलनीय प्रणाली प्रदान गर्छौं । यो ढाँचा पूर्ण अनुसन्धान, व्यावहारिक अनुभव, र शिक्षकहरूको पृष्ठपोषणद्वारा निर्माण गरिएको छ । मान्यता प्राप्त योग्यताहरू (जस्तै क्याम्ब्रिज आइजीसीएसई र एएस र ए लेभल), उच्च गुणस्तरयुक्त स्रोतहरू, व्यापक समर्थन र मूल्यवान अन्तरदृष्टिहरूका साथ, हामी विद्यालयहरूलाई प्रत्येक विद्यार्थीलाई अगाडिका अवसरहरू र चुनौतीहरूको लागि सदा तत्पर रहन मद्दत गर्छौं । साथै, हामी क्याम्ब्रिज शिक्षार्थीहरूलाई संसारमा आगामी जीवनको लागि आइपर्ने जस्तासुकै परिस्थितिको लागि तयार रहन मद्दत गर्छौं । 

ब्रिटिश काउन्सिलको बारेमा

ब्रिटिस काउन्सिल सांस्कृतिक सम्बन्ध र शैक्षिक अवसरहरूका लागि संयुक्त अधिराज्यको अन्तर्राष्ट्रिय संस्था हो। हामी संयुक्त अधिराज्यको र विश्वभरका देशहरू बिचको सम्बन्ध, समझदारी र विश्वास निर्माण गरेर शान्ति र समृद्धिलाई समर्थन गर्छौँ। हामी कला र संस्कृति, शिक्षा र अङ्ग्रेजी भाषामा हाम्रो कार्यमार्फत जानकारी दिन्छौँ। हामी २०० भन्दा बढी देशहरू र क्षेत्रहरूमा भएका मानिसहरूसँग काम गर्छौँ र १०० भन्दा बढी देशहरूमा कार्यरत छौँ। २०२१ – २२ मा हामी ६० करोड मानिसहरू माझ पुगेका छौँ।
 

१ महिना अगाडि

प्रतिक्रिया