त्रिविबाट हरायो उत्तरपुस्तिका

१ महिना अगाडि

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट  उत्तरपुस्तिका हराएको खुलासा भएको छ ।

 अछामको परीक्षा केन्द्रबाट परीक्षा सञ्चालन गरिएको स्नातक तह प्रथम वर्षको ‘फाउन्डेसन अफ एजुकेसन ४१२’ विषयको उत्तरपुस्तिका हराएको हो । उक्त परीक्षा केन्द्रका १७६ थान उत्तरपुस्तिका नै हराएको त्रिवि स्रोतले जनाएको छ । स्रोतका अनुसार उत्तरपुस्तिका हराएको विषयमा आन्तरिक छानबिन थालिएको छ । उत्तरपुस्तिका खोज्दा नभेटिएपछि ११ चैतमा पनिकाले आन्तरिक सर्कुलरसमेत जारी गरेको थियो । परीक्षा नियन्त्रण कार्यालयका एक अधिकारीका अनुसार तत्कालै परीक्षा तालिका बनाएर पुनः परीक्षा सञ्चालनको तयारी भइरहेको छ । ‘उत्तरपुस्तिका कतै मिसिङ भएको पाइएको छ । उत्तर पुस्तिकाहरू धेरै हुन्छन् । मिलाउने क्रममा कति कतै मिसिङ हुने गरेको देखिन्छ।’ ती अधिकारीले भने । 

१ महिना अगाडि

प्रतिक्रिया