धितोपत्र बोर्डको अध्यक्षको लागि ‘सर्टलिस्ट’मा परेका यी ५ नाम

३ हप्ता अगाडि

काठमाडौं । नेपाल धितोपत्र बोर्डको अध्यक्षको लागि आवेदन दिएकामध्ये ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरिएको छ।

 ‘सर्टलिस्ट’मा पर्नेमा कृष्णबहादुर कार्की, चीरञ्जीवी चापागाईं,डा.नवराज अधिकारी, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ रहेका छन्। ‘सर्टलिस्ट’ मा पर्नेमध्ये कार्की नेपाल स्टक एक्सचेन्ज ९नेप्से० का प्रमुख कार्यकारी अधिकृत, चापागाईं बिमा समितिका पूर्वअध्यक्ष हुन्।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि १९ जनाले आवेदन दिएका थिए । उनीहरुबाट अध्यक्ष नियुक्तिका लागि गठन भएको सिफारिस समितिले ५ जनाको नाम अन्तरवार्ताको लागि ‘सर्टलिस्ट’ गरेको हो।

 बोर्ड अध्यक्ष हुनका लागि कम्तीमा स्नातकोत्तर तहको उपाधि हासिल गरी धितोपत्र बजार व्यवस्थापन, पुँजीबजार विकास, आर्थिक, वित्तीय, वाणिज्य, व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको हुनुपर्ने व्यवस्था धितोपत्र ऐनमा रहेको छ ।

३ हप्ता अगाडि

प्रतिक्रिया