पाँचदिनपछि बढेको सेयर बजारले पाउला निरन्तरता  ?

१ हप्ता अगाडि

काठमाडाैं- निरन्तर पाँच दिनसम्म घटेको सेयर बजारले  साताको पहिलो कारोबार बढेपछि लगानीकर्तामा झिनो आशा जगाएको छ । आज सोमबार पनि बजारले बढ्ने निरन्तरता पाउला वा पूरानै लयमा पुग्ने हो भन्ने चर्चा हुन थालेको छ । यद्यपी  सामान्य अंकले बढेको बजारमा नेप्से सूचक दुई हजार विन्दुको मनोवैज्ञानिक तहमा आइपुगेको छैन । फेरि पनि बजार लामोसमय निरन्तर घटिरहेको अबस्थामा सामान्य अंकलाई बढ्नुलाई लगानीकर्ताहरूले यसलाइ सामान्य करेक्सन मानेका छन् । कतिपय लगानीकर्ताहरुले अब लामो समयदेखिको ठुलो करेक्सन भइसकेको र अब बजार बढ्ने लय समात्ने अबस्था रहेको  समेत बताउँछन्। 

अहिले बैंक तथा  वित्तीय संस्थाको वित्तीय विवरहरुको  अबस्था सन्तोषजनक छैन ।  त्यसले पनि अहिले बजार घट्नमा प्रेरित गरेको  छ ।  त्यस्तै, अधिकांश कम्पनीको मूल्य घट्न पुगेको छ । मूल्य सस्तो भएकै कारण बजारमा अन्तिम प्रहरमा क्रेता पक्ष हावी भएको अनुमान गरिएको छ । लगातार घटेर मूल्य सस्तो भएकाले बजारमा केही सुधार आउन सक्ने कतिपयको विश्लेषण छ । 

नेप्सेसँगै यस दिन कारोबार रकम पनि बढेको छ। अघिल्लो कारोबार दिन अर्थात गत बिहीबार २ अर्ब ९ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस दिन ३१० स्टकको ४७ हजार ११७ पटकको कारोबारमा २ अर्ब २५ करोड ९९ लाख ५९ हजार रुपैयाँ बराबरको ६३ लाख ९३ हजार कित्ता शेयर खरिदबिक्री भएको थियो । 

सर्वाधिक बढ्ने कम्पनीमा दोल्ती पावरको शेयरमूल्य सर्वाधिक ९.८८ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन एनआईसी एशिया लघुवित्तक र रुरु जलविद्युत परियोजनाको मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अप्पर हेवाखोला हाइड्रोपावरको शेयरमूल्य ७ प्रतिशतभन्दा बढी बढेको थियो । कारोबारमा आएको पिपुल्स पावरको शेयरमूल्य यस दिन सर्वाधिक ७.४६ प्रतिशत घटेको थियो । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया