साताको सेयर बजार : के अस्थिरताको घेराबन्दीमा परेको हो ?

२ हप्ता अगाडि

काठमाडाैँ- साताभरी सेयर कारोबार हुँदा नेप्से सूचक चार दिन कारोबार भएको छ । बुधबार सार्वजनिक बिदा परेकाले यो साता चार दिन बजार कारोबार भएको हो ।नेप्से परिसूचक ३३.०३ अंक (१.६८%) बढेर १९९८.९६ मा बन्द भयो। अघिल्लो साताको तुलनामा ०.३१ प्रतिशतले घटेर यो साता १९६५.९३ मा बन्द भयो । यो साता परिसूचक २,०२५.७८ सम्म उच्च र १,९६५.१८ सम्म पुग्यो जसले गर्दा ६०.६ अंकको अस्थिरता देखियो। अघिल्लो साता परिसूचकले ३९.१८ अंकको अस्थिरता देखाएको थियो । सबैभन्दा बढी इन्ट्राडे मंगलबार २५.९४ अंकले बढेर रु ४.८८ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४.५७ अर्ब रहेको छ ।

सबैभन्दा बढी इन्ट्राडे मंगलबार २५.९४ अंकले बढेर रु ४.८८ अर्बको कारोबार भए पनि यो साता कुल कारोबार रु १४.५७ अर्ब रहेको छ । यो साता २ लाख ३४ हजार १४६ कारोवारबाट ३ करोड ५५ लाखभन्दा बढी कित्ता शेयर कारोबार भएको छ । नेप्सेको हालको बजार पुँजीकरण रू. ३,१६९,६०७.१८ मिलियन अर्थात रु ३१.६९ खर्ब रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा बढी बिटा भएका शीर्ष तीन कम्पनीमा डोल्टी पावर कम्पनी लिमिटेड नेपाल फाइनान्स लिमिटेड (ल्ँक्), र जानकी फाइनान्स कम्पनी लिमिटेड  क्रमशः ५.७०३, ४.५०५ र ४.०८४  रहेका छन् ।

लामो समय लगातारजसो घटेको बजार आज सकारात्मक देखिएको हो । सरकारले लगानीमा बाधा मानिएका ऐन–नियमका प्रावधानहरु सुधार गर्दैै अध्यादेश जारी गरेको छ । लगानीमैत्री वातावरण बनाउन सरकारको सिफारिसमा राष्ट्रपतिले अध्यादेश जारी गरेका हुन् । यसबाट थोरै भए पनि निजी क्षेत्रको मनोबल बढेको अनुमान गरिएको छ ।  यस्तै, सेयर बजार सुधारका लागि पनि लगानी सम्मेलन सकिएलगत्तै पहल गर्ने अर्थमन्त्रीले आश्वासन दिएको लगानीकर्ताले बताएका छन् । लगानी सम्मेलनकै समय पारेर आन्दोलन घोषणा गरेका सेयर लगानीकर्तालाई आन्दोनल फिर्ता लिन आग्रह गर्दै अर्थमन्त्रीले उक्त जानकारी गराएको लगानीकर्ताहरुले बताएका छन् । यसबाट पनि लगानीकर्ताको आत्मबल बढेको अनुमान गनृ सकिन्छ ।

यद्यपि, सेयर बजार सधैं एउटै चालमा मात्र चल्दैन । तलमाथि भइरहने यसको विशेषता हुन्छ । तर नीतिगत अवरोधका कारण हाम्रो बजार भने लामो समयदेखि लगभग एकोहोरोरुपमा ओरालो गतिमै हिँडिरह्यो । एक दिन बढेको बजारले पुनः निरन्तरता पाउँछ कि पाउँदैन भन्ने पनि चासो उत्तिकै छ । नेप्से सूचकसँगै कारोबार रकम पनि बढ्दै गएमा मात्र बजारले केही गति लिन सक्ने जानकारहरु बताउँछन् ।

सेयर बजारमा आम लगानीकर्ताको मनोविज्ञान पनि उत्तिकै महत्वपूर्ण हुन्छ । मनोबल सकारात्मक नभएसम्म बजारले गति लिन सक्दैन । नयाँ लगानीकर्ता पनि भित्रिन सक्दैनन् । यसर्थ, आम लगानीकर्ताको मनोबल उकास्न सरकारले नीतिगत सुधार गर्न आवश्यक देखिन्छ । पुँजी बजारमा ठूला लगानीकर्तालाई कस्ने नीति लागू गरिएको छ । अहिले व्यक्तिले अधिकतम १५ करोड र संस्थाले २० करोडसम्म मात्र सेयर धितो कर्जा लिन पाउँछन् । यी कारणहरुले गर्दा ठूला लगानीकर्ताले खुलेर सेयर बजारमा लगानी गर्न पाएका छैनन ।

nepse data


 

२ हप्ता अगाडि

प्रतिक्रिया