वीरगञ्जबाट १५ हजार बढी भेप बरामद

शुक्रबार, २५ साउन २०८१, १५ : ००

काठमाडौँ - प्रहरीले १५ हजारभन्दा बढी इलेक्ट्रोनिक चुरोट (भेप) बरामद गरेको छ ।

भारतका सुदामा प्रसादले भाडामा लिएको पर्साको वीरगञ्ज महानगरपालिका–६ रेल्वे रोडमा कोठाबाट भेप बरामद भएको हो । यो भेपको बजार मूल्य ४ करोड ८६ लाखभन्दा बढी रहेको पर्सा प्रहरीले बताएको छ ।

 


 

शुक्रबार, २५ साउन २०८१, १५ : ००

प्रतिक्रिया