पहिरोमा परी चारजना घाइते

शनिबार, २६ साउन २०८१, १५ : ०१

काठमाडौँ - अविरल वर्षाका कारण पहिरो आउँदा बजुरामा चारजना घाइते भएका छन् । 

जिल्लाको पुर्वी उत्तरी भेगको हिमाली गाउँपालिका–३ बौडीस्थित गोरु खर्कमा आज बिहान पहिरो गएको थियो । पहिरोमा परी प्रेमकला बुढा, ललिता बुढा, अगौठी रोकाया र हंस बुढा घाइते भएका वडा नं ३ का वडाध्यक्ष मङ्गल बुढाले राससलाई जानकारी दिए । तीस परिवारको बसोबास रहेको सो ठाउँमा पशुचौपाया पनि पुरिएका भन्दै विस्तृत विवरण सङ्कलन नभएको उनले बताए । 

स्थानीयको सहयोगमा घाइतेको उद्धार गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए । पहिरोबाट प्रभावित भएका पीडितको उद्धारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

शनिबार, २६ साउन २०८१, १५ : ०१

प्रतिक्रिया