पुलबाट हाम फालेर एक पुरुष बेपत्ता

शनिबार, २६ साउन २०८१, १६ : ००

काठमाडौँ - चितवनको नारायणी नदीको पुलबाट हाम फालेर एक पुरुष बेपत्ता भएका छन्।

शनिबार दिउँसो १२ः३० बजेको समयमा भरतपुर महानगरपालिका ३ पुल्चोकस्थित नारायणीको पुलबाट हाम फालेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायब उपरीक्षक ९डीएसपी० भेषराज रिजालले बताए। 

उनका अनुसार अन्दाजी २५\३० बर्षका पुरुष हाम फालेको भन्ने प्रत्यक्षदर्शीले बताएका छन्। उनको पहिचान खुलेको छैन। बेपत्ताको खोजी भइरहेको प्रहरीले जनाएको छ।

शनिबार, २६ साउन २०८१, १६ : ००

प्रतिक्रिया