बर्दिबासमा जारी शिव पुराण महायज्ञबाट ६० लाख बढी सङ्कलन

शनिबार, २६ साउन २०८१, १६ : ०९

काठमाडौँ - सडक मानव आश्रम (हाम्रो मायाको घर) निर्माणका लागि बर्दिबासमा जारी शिव पुराण महायज्ञमा दानबाट ६० लाख बढी सङ्कलन भएको छ । 

महायज्ञका परिकल्पनाकार एवं भागवत मञ्जरी राधिका दासीको पुराण कथा श्रवण गर्न आएका भक्तजनले गरेको दान रकम उत्साहाजनकरुपमा वृद्धि भइरहेको बताइएको छ ।  

पुराण सुरु भएको शुक्रबार चौथो दिनसम्म दान दातव्यबाट ६४ लाख रुपियाँभन्दा बढी सङ्कलन भएको शिव पुराण महायज्ञ मूल समितिका सहसचिव नारायण घिमिरेले बताए ।  यो रकम दान पेटिका बाहेकको दान दातव्यबाट सङ्कलन भएको उनले बताए ।


 

शनिबार, २६ साउन २०८१, १६ : ०९

प्रतिक्रिया