टिचिङ अस्पतालको छतबाट हाम फालेका युवाको मृत्यु

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)को छतबाट हाम फालेका युवाको मृत्यु भएको छ ।

मनमोहन कार्डियो थेरसिस नयाँ भवनको छैटौँ तलाबाट हाम हालेका युवाको मृत्यु भएको हो ।मृत्यु हुनेमा गोकर्णेश्वर ४ बस्ने २१ वर्षीय स्वरूपराज आचार्य रहेका छन् । आचार्यले आज दिउँसो करिब ३ बजे भवनको छैटौँ तलाबाट हाम फालेका हुन् ।

हाम फालेर गम्भीर घाइते भएका आचार्यको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
 

१ महिना अगाडि

प्रतिक्रिया