पार्टीको नाम र चुनाव चिन्ह फेरौँ : जनार्दन शर्मा

आइतबार, २७ साउन २०८१, १२ : ३०

काठमाडौँ - नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मा प्रभाकरले पार्टीको नाम र चुनाव चिन्ह परिवर्तन गर्न प्रस्ताव गरेका छन । ​

सरकारबाट बाहिरिएपछि बसिरहेको स्थायी कमिटी बैठकमा उपमहासचिव शर्माले सो प्रस्ताव गरेका हुन । पार्टी निर्माणका लागि विभिन्न काम गर्नुपर्ने भन्दै शर्माले ‘वर्तमान परिवेश र काम अनुरूप तालमेल हुने गरी पार्टीको नाम परिवर्तन गर्ने र साथै आम जनताले सहज रुपमा स्विकार गर्ने गरी चुनाव चिन्ह फेर्ने’ प्रस्ताव बैठकमा राखेका छन । 

 

 
 

आइतबार, २७ साउन २०८१, १२ : ३०

प्रतिक्रिया