श्रावण मेला २०८१ सम्पन्न

आइतबार, २७ साउन २०८१, १२ : ५४

काठमाडौँ - ‘क्लासिक्स प्रोजेक्टस प्रालिले होटेल अन्नपूर्णको प्याभिलियनमा ‘श्रावन मेला २०८१’को आयोजना गरेको थियो ।

साउन महिनाको सांस्कृतिक, तथा अध्यात्मिक महत्त्वलाई झल्काउँदै साउन १८र १९ गते मेलाको आयोजना गरिएको हो । दुई हजारभन्दा बढी मानिसहरूको उपस्थितिको साथ, कार्यक्रममा विभिन्न समुदायका महिलाहरू र पुरुषहरूलाई एकै मञ्चमा ल्याउने उद्देश्यले सो कार्यक्रमको आयोजना गरिएको थियो । 

मेलामा शाकाहारी भोजन स्टलहरू राखेका थिए, स्थलमा ‘शिव लिंग’ राखिएको थियो । दुईदिने कार्यक्रममा पूर्व मिस नेपाल, मिस इशानी श्रेष्ठले उद्घाटन गरे र कार्यक्रमलाई खुश्बु  प्रधानले प्रस्तुत गरेका थिए । जसमा विभिन्न सेलेब्रिटी र सामाजिक मिडिया इन्फ्लुएन्सरहरूको पनि सहभागीता थियो। 

श्रावण मेलामा नेपाली संस्कृति, परम्परा, र आध्यात्मिकताको सारलाई सुन्दर रूपमा प्रस्तुत गरिएको थियो ।साथै मेलामा खानेकुरा, खेल, लुगा, कस्मेटिक्स्, डिजिटल कार्ड, गहना, स्किन केयरलगायतका ३६ भन्दा बढी स्टलहरू सेटअप गरिएका थिए। 
 

आइतबार, २७ साउन २०८१, १२ : ५४

प्रतिक्रिया