काठमाडौँ - खोटाङमा ८४ वर्षका वेदि प्रसाद ढकालको पोखरीमा डुबेर मृत्यु भएको छ ।
वृद्ध ढकाललाई आइतबार बिहान घर नजिकै माछा पाल्न निर्माण गरिएको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । बेलुका खाना खाएर घरमा सुत्नुभएका ढकाल बिहान पोखरीमा मृत अवस्थामा भेटिएको परिवारका सदस्यले बताएका छन् ।
आइतबार बिहान ५ बजे वृद्धलाई मृत अवस्थामा भेटिएपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए । शवलाई जिल्ला अस्पताल दिक्तेल ल्याएर पोष्टमार्टम पश्चात् परिवारलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी प्रहरी निरीक्षक बेनु कार्कीले बताए ।
प्रतिक्रिया