स्वास्थ्यमन्त्री पौडेलद्वारा स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक

आइतबार, २७ साउन २०८१, १८ : ०९

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका छन् । 

आइतबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री पौडेलले स्वास्थ्य क्षेत्र सुधारका लागि दीर्घकालीन योजना सार्वजनिक गरेका हुन् । मन्त्री पौडेलले स्वास्थ्य बीमा र स्नायु रोगको उपचार केन्द्र स्थापनाबाहेक अन्य पुरानै योजना अघि सारेका छन् । 

मन्त्रीले पौडेलले स्वास्थ्य बीमा कार्यक्रममा रकमको दायरा १ लाखबाट ५ लाख बढाउने प्रस्ताव गरेका छन् भने राजधानीमा सुविधा सम्पन्न स्नायु रोग उपचार केन्द्र यथाशीघ्र स्थापना गरिने बताएका छन् । आमा सुरक्षा कार्यक्रम, विपन्न नागरिक औषधि उपचार कार्यक्रम र निःशुल्क उपचारका सबै कार्यक्रमलाई  एकीकृत गरेर बिमामा जोड्ने योजना मन्त्री पौडेलले अघि सारेका छन् ।

उनले १६ औँ योजना तथा दिगो विकास लक्ष्यलाई केन्द्रमा राखेर दीर्घाकालीन योजना ल्याइएको बताएका छन् । जुन पुरानै योजना हुन् ।  पौडेलले सातै प्रदेशमा मानवअंग प्रत्यारोपण केन्द्र स्थापना गर्ने, औषधिको मूल्य समायोजन र औषधि व्यवस्था विभागको क्षमता सुदृढीकरण गरिने बताएका छन् । 

<iframe src="https://drive.google.com/file/d/1THwNA0LwvrpItRKB5D0tv8PWxh4jMPen/preview" width="640" height="480" allow="autoplay"></iframe>


 

आइतबार, २७ साउन २०८१, १८ : ०९

प्रतिक्रिया