काठमाडौँ - जनशक्ति अभावका कारण उडान भर्न नपाउने अवस्थामा रहेको सौर्य एयरलाइन्सको सञ्चालन अनुमति सकिएको छ ।
उडान सञ्चालन अनुमति (एओसी) अझै वैध रहेको भए पनि सञ्चालन अनुमति भने सकिएको छ । एओसीका लागि आवश्यक मापदण्ड पूरा गर्न दक्ष जनशक्ति आवश्यक पर्छ । दुर्घटनामा ठूलो जनशक्ति गुमाएको सौर्यले अहिले उडान नै भर्न पाउने अवस्थामा छैन ।
एओसीको मापदण्ड पूरा गर्न अब सौर्य एयरलाइन्सले दक्ष जनशक्ति भर्ना गर्नुपर्नेछ । अनुमतिपत्रका लागि कम्पनीले भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ ।
यद्यपि, अनुमति दिने वा नदिने भन्ने विषयमा भने मन्त्रालयले प्राधिकरणलाई सवाल उठाएको छ। गत साउन ९ भएको दुर्घटनामा सौर्यको जनशक्तिसहित १८ जनाको मृत्यु भयो । दुर्घनामा परेका पाइलट भने जिवित छन् । यद्यपि सो दुर्घटनापछि उडान भने प्रभावित भएका छन्।
प्रतिक्रिया