पाँच देशका लागि राजदूत नियुक्त, कुन देशमा को ?

शुक्रबार, २८ मंसिर २०८१, १३ : ०९

काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले पाँच वटा देशका राजदूत नियुक्त गरेको छन् ।

राष्ट्रपति कार्यालयका अनुसार राष्ट्रपति पौडेलले पोर्चुगल,स्पेन,दक्षिण अफ्रिका,बेल्जियम र दक्षिण कोरियाका लागि राजदूत नियुक्त गरेका हुन् ।

‘स्पेनका लागि सनिल नेपाल, प्रकाशमणि पौडेल पोर्चुगल, प्रा।डा। कपिलमान श्रेष्ठ दक्षिण अफ्रिका, शिवमाया तुम्बाहाम्फे कोरिया र बेल्जियममा सेवा लम्साल नियुक्त भएका छन् । 

उनीहरूलाई संविधानको धारा २८२ को उपधारा (१)बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले राजदूत नियुक्त गरेको हो ।

462587278_1534264887294019_8303234915601260364_n

शुक्रबार, २८ मंसिर २०८१, १३ : ०९

प्रतिक्रिया