निजी अस्पतालका स्वास्थ्यकर्मीको श्रमशोषण नगर्न मन्त्रालयको  निर्देशन

शुक्रबार, २८ मंसिर २०८१, १४ : ०९

काठमाडौं - निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीहरु चरम आर्थिक शोषण भएका समाचारहरु आइरहेकोबेला स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले  सबै नर्सिङ एवं स्वास्थ्यकर्मीहरूको न्युनतम पारिश्रमिक सरकारी सरह लागू गर्न निर्देशन दिएको छ । मन्त्रालयको यस्तो निर्देशनले पनि वर्षौदेखि मर्कामा परेका स्वास्थ्यकर्मीहरुमाथि न्याय हुने अपेक्षा गरिएको छ । 

मन्त्रालयको सचिवस्तरीय निर्णय अनुसार देशभरका प्रतिष्ठान सरकारी अस्पताल, मेडिकल कलेज र सामुदायिक निजी अस्पताललाई पत्र लेख्दै स्वास्थ्यकर्मीको सेवा सुविधा व्यवस्था गर्न भनिएको छ ।

त्यस्तै, तोकिएको समय भन्दाबढी कार्यको लागि अतिरिक्त भत्ताको व्यवस्था गर्नुपर्ने मन्त्रालयको निर्णयमा भनिएको छ ।
नर्सिङ लगायतका अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक बैकिङ प्रणालीबाट मात्र उपलब्ध गराउन पनि पत्रमा भनिएको छ ।


 

शुक्रबार, २८ मंसिर २०८१, १४ : ०९

प्रतिक्रिया