सहकारी ठगी प्रकरण : लेखा समिति सभापतिकी श्रीमतीविरुद्ध मुद्दा

१२ करोड हिनामिना गरेको आरोप

शुक्रबार, २८ मंसिर २०८१, १४ : २६

काठमाडौं- सहकारी ठगी प्रकरणमा संघीय संसदको सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित २६ जनाविरूद्ध मुद्दा दर्ता भएको छ। 

मोरङको उमागौरी कृषि सहकारी संस्थाको रकम अपचनलको आरोपमा बिहीबार सरकारी वकिलको कार्यालयले २६ जनाविरूद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर गरेको हो । ती मध्ये अहिले तीन जना मात्रै पक्राउ परेको प्रहरीले जनाएको छ। 

१८ करोड ५१ लाख कुल पुँजी रकम रहेको यस सहकारीमा १२ करोड रुपैयाँ अपचलन भएको खुलेको थियो । यो सहकारीका संचालकले ऋण लिन आएका सदस्यहरूले सहकारीमा धितो राखेको सम्पत्तिलाई अन्य बैंकमा धितो राखेर सहकारीको नाममा ऋण लिने गरेको पाइएको छ।

मोरङ २ बाट निर्वाचित सांसद पोखरेलकी श्रीमती सोही सहकारीको सञ्चालक समितिको सदस्य रहेकी थिइन्। उनी संचालक समितिको सदस्यमै रहँदा सहकारीको १२ करोड रकम हिनामिना भएको बताइएको छ।

स्थानीय विद्यालयमा शिक्षिका रहेकी उनकी श्रीमती रञ्जला सहकारीको सञ्चालक समिति सदस्य रहेर रकम अपचलनमा संलग्न रहेको आरोप लागे पछि उनले सञ्चालक समिति सदस्य छाडेकी थिइन् ।


 

शुक्रबार, २८ मंसिर २०८१, १४ : २६

प्रतिक्रिया