जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन दिँदैनौँ: अर्थमन्त्री

शुक्रबार, २८ मंसिर २०८१, १६ : ०९

काठमाडौं - उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई धराशायी हुन नदिने बताएका छन् । 

शुक्रबार काठमाडौँमा नेपाल जग्गा तथा आवास विकास महासंघको तेस्रो साधारण सभा उद्घाटनमा उनले मुलुकको अर्थतन्त्रमा जग्गा तथा आवाससम्बन्धी व्यवसायको ठुलो योगदान रहेको भन्दै यस क्षेत्रलाई सरकारले धराशायी हुन नदिने बताएका हुन् ।

अर्थमन्त्री पौडेलले सरकारले यस क्षेत्रमा देखिएका समस्या सुनेर समाधानको प्रयास गर्ने बताए । उनले घरजग्गा कारोबारमा देखिएको शिथिलताको प्रभाव अरू क्षेत्रमा देखिएको भन्दै यसलाई गति दिनका लागि सरकारले आवश्यक वातावरण बनाउने उल्लेख गरे ।

जग्गा तथा आवाससम्बन्धी व्यवसायलाई उद्योगसरह मान्यता दिनका लागि आफू सकारात्मक रहेको भन्दै अर्थमन्त्री पौडेलले यस विषयमा छलफलमा आउन व्यवसायीहरूलाई आग्रह गरे ।  

उनले अनुमति प्राप्त कम्पनीबाट मात्रै घर जग्गा कारोबार हुने ऐन कार्यान्वयनका लागि नियमावली बनाउन सरकारको ध्यान जाने जानकारी दिए । 

शुक्रबार, २८ मंसिर २०८१, १६ : ०९

प्रतिक्रिया