पत्रकार महासंघ सप्तरीमा पुनः प्रेस युनियनका देव

शनिबार, २९ मंसिर २०८१, ०९ : २३

सप्तरी- नेपाल पत्रकार महासंघ सप्तरी शाखामा पुनः प्रेस युनियनबाट श्रवणकुमार देव निर्वाचित भएका छन् । प्रेस चौतारी, प्रेस युनियन तथा समाजवादी (प्रेस संगठन)को संयुक्त प्यानलबाट अध्यक्ष पदका उम्मेदवार देवले ४५ मत प्राप्त गरी विजयी प्राप्त गरेका हुन् । उनका निकटतम प्रतिस्पर्धी प्रेस संगठन र प्रेस मञ्चका उम्मेदवार वैद्यनाथ यादवले ३७ मत प्राप्त गरेका छन् ।

यहाँ उपाध्यक्षमा देव समूहका अनिल पोखरेल र प्रेस मञ्चका रामनारायण विश्वासले समान ४२/४२ मत प्राप्त गरेकामा गोलाप्रथाबाट विश्वास विजयी भएका छन् । महिला उपाध्यक्षतर्फ सुधा देव, सचिवमा खगेन्द्र कार्की, सहसचिवमा कृष्णकुमार मण्डल, सहसचिव समावेशीमा डम्वर राई तथा कोषाध्यक्षमा नवीनकुमार गुप्ता विजयी भएको प्रमुख निर्वाचन अधिकृत वैद्यनाथ झाले जानकारी दिए।

महिला सदस्यमा रक्षा चौधरी, दलित सदस्यमा किशोर पासवान र आदिवासी, जनजाति सदस्यमा बृजमान तामाङ निर्विरोध निर्वाचित भएका छन् । मधेशी सदस्यतर्फ राससकर्मी अरुणकुमार यादव, समावेशीमा परिष कर्ण र खुला सदस्यतर्फ रामनारायण यादव, उत्तम अर्चाय, नर्मदेव यादव तथा शिव अचार्य निर्वाचित भएका छन् । यहाँ ८५ मतदाता रहेकामा ८४ जनाले मतदान गरेका थिए ।

रासस

शनिबार, २९ मंसिर २०८१, ०९ : २३

प्रतिक्रिया