च्याटजीपीटी जस्ता प्रविधिले इन्टरनेटलाई क्षति पुऱ्याइरहेको छ : मृतक बालाजी

शनिबार, २९ मंसिर २०८१, १० : ५८

काठमाडाैं- सुचिर बालाजी लामो समयदेखि आफ्नो घरबाट निस्किएका थिएनन्, आफ्ना साथीहरू र सहकर्मीहरूको फोन कलको जवाफ पनि दिएनन् । जब सुचिरका साथी र सहकर्मीहरू उनको फ्ल्याटमा पुगे, उनीहरूले ढोका भित्रबाट बन्द भएको पाए । उनिहरुले सान फ्रान्सिस्को पुलिसलाई यो कुरा बताए । प्रहरीले फ्ल्याटको ढोका ताेड्दा भित्र सुचिर बालाजीको शव फेला पारेको थियो ।

च्याटजीपीटी विकास गर्ने अग्रणी आर्टिफिसियल इन्टेलिजेन्स कम्पनी ओपनएआईका २६ वर्षीय पूर्व अनुसन्धानकर्ता थिए, सुचिर बालाजी । उनि सान फ्रान्सिस्कोको फ्ल्याटमा मृत फेला परेका थिए । सुचिरले हालै ओपनएआईको कार्य शैलीका बारेमा गम्भीर प्रश्नहरू उठाएका थिए । सान फ्रान्सिस्को पुलिसका अनुसार घटना नोभेम्बर २६ मा भएको थियो र डिसेम्बर १४ मा प्रकाशमा आएको छ ।

स्थानीय मिडिया रिपोर्टका अनुसार बालाजी लामो समयदेखि आफ्नो घरबाट निस्किएका थिएनन्, आफ्ना साथीहरू र सहकर्मीहरूको फोन कलको जवाफ पनि दिएका थिएनन् । जब सुचिरका साथी र सहकर्मीहरू उनको फ्ल्याटमा पुगे, उनीहरूले ढोका भित्रबाट बन्द भएको पाए । उनिहरुले सान फ्रान्सिस्को पुलिसलाई यो कुरा खबर गरे । प्रहरीले फ्ल्याटको ढोका तोडेको थियो र सुचिर बालाजीको शव फेला पारेको थियो । प्रारम्भिक अनुसन्धानमा कुनै प्रमाण फेला परेको छैन र प्रहरीले यो आत्महत्याको घटना हुन सक्ने आशंका गरेको छ ।

"प्रहरी अधिकारीहरू मेडिकल टोलीसँग फ्ल्याटमा पुगे र सुचिर बालाजीलाई मृत फेला पारे", सान फ्रान्सिस्को क्रोनिकलले पुलिसको बयान उद्धृत गर्दै भन्यो, "प्रारम्भिक अनुसन्धानमा कुनै गल्ती फेला परेको छैन र यो आत्महत्याको घटना जस्तो देखिन्छ।" "मृत्युको तरिका हेर्दा आत्महत्या जस्ताे मानिन्छ", सान फ्रान्सिस्को चिफ मेडिकल एक्जामिनर अफिसका निर्देशकले मिडियालाई भने । सुचिर बालाजीले यस वर्षको अगस्टमा ओपनएआईबाट राजीनामा दिएका थिए र कम्पनीविरुद्ध प्रतिलिपि अधिकार उल्लंघनको गम्भीर आरोप लगाएका थिए ।

टेस्लाका सीईओ एलोन मस्कले यस समाचारमा अरू धेरै नलेखेर 'हम्म' को साथ प्रतिक्रिया दिए । सुचिर बालाजीले सार्वजनिक रूपमा ओपनएआईलाई यसको जेनेरेटिभ एआई कार्यक्रम, च्याटजीपीटीलाई तालिम दिन उचित कानुनी प्रक्रिया पालना नगरी प्रतिलिपि अधिकारयुक्त सामग्री प्रयोग गरेको आरोप लगाएका थिए । उनले भनेका थिए "च्याटजीपीटी जस्ता प्रविधिले इन्टरनेटलाई क्षति पुऱ्याइरहेको छ "

न्युयोर्क टाइम्सलाई दिएको अन्तर्वार्तामा बालाजीले ओपनएआईको काम गर्ने शैली इन्टरनेट इकोसिस्टम र व्यवसाय र व्यक्तिहरूको लागि हानिकारक रहेको आरोप लगाएका थिए जसको डाटा कम्पनीले उनीहरूको सहमति बिना प्रयोग गरिरहेको छ। सुचिर बालाजीका जस्तै आरोपहरू धेरै लेखकहरू, प्रोग्रामरहरू र पत्रकारहरूले ओपनएआई विरुद्ध दायर गरेको मुद्दाको केन्द्रमा रहेका छन् । यी व्यक्तिहरूले ओपनएआईले च्याटजीपीटीलाई तालिम दिन अवैध रूपमा आफुहरूको प्रतिलिपि अधिकार भएका कार्यहरू प्रयोग गरेको दाबी गरेका छन् । # एजेन्सी

शनिबार, २९ मंसिर २०८१, १० : ५८

प्रतिक्रिया