काठमाडौं - नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले निर्माण व्यवसायीहरूको रकम भुक्तानी गर्न सरकारले ध्यान नदिएको बताएका छन् ।
नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) भुक्तानीको लागि कुनै समस्या नहुने बताए पनि सरकारले यस क्षेत्रलाई समस्यामा पार्न खोजेको बताएका हुन् । उनले नेपाली नागरिकले विदेशी मुलुकमा गएर रेमिटेन्स मार्फत अर्थतन्त्र चलायमान गराउने प्रयास गर्दा पनि आन्तरिक अर्थतन्त्र अझै पनि चलायमान हुन नसकेको बताए ।
उनले भने,'हामीले हाम्रो समस्याको बारेमा मन्त्रालयदेखि अन्य सरकारी निकायहरूमा भेटघाट गर्दा समस्याहरूको समाधान गर्ने आश्वासन दिए पनि हाम्रो भुक्तानी भएको छैन यसमा सरकारले तत्काल ध्यान दिन आवश्यक छ ।' अध्यक्ष सिंहले सञ्चारकर्मीहरूलाई प्रेरित गर्न आवश्यक रहेकाले महासङ्घले समेत विभिन्न समयमा संञ्चारकर्मीहरुलाई सम्मान गर्दै आएको बताए ।
उनले राष्ट्र बैंकको मौद्रिक नीतिले मुलुकको अर्थतन्त्र चलायमान बनाउने काम नगरेको दाबी गरे । उनले निर्माण व्यवसायीहरूले समयमा नै कर्जाहरू तिर्न नसक्दा प्रायाप्त मात्रामा काम गर्नको लागि असहज भएको बताए । उनले सरकारको नीतिहरूका कारण मङ्सिरपछि ९० प्रतिशत व्यवसायीहरू पलायन हुनुपर्ने बाध्यता आएको बताउँदै तत्काल भुक्तानी गर्न माग गरे ।
प्रतिक्रिया