‘पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय’

आइतबार, ३० मंसिर २०८१, ०६ : ३७

सुनसरी- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले पार्टीको संगठन विस्तारमा मुस्लिम समुदायको योगदान सराहनीय रहेको बताएका छन् । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल मुस्लिम संघको दोस्रो जिल्ला अधिवेशनको शनिबार यहाँ उद्घाटन गर्दै उाले नेपाली कांग्रसलाई स्थापनाकालदेखि यसको सांगठनिक सृदृढीकरणमा मुस्लिम समुदायले सघाएको बताए ।

कार्यक्रम पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले वर्तमान सरकार राजनीतिक स्थायित्वका लागि गठन भएको दोहोर्याउँदै समाजका सबै पक्षका समस्या सम्बोधन गर्न संविधान संशोधनको विषयलाई आफ्नो पार्टीले अघि बढाएको बताए । कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, सुनसरी सभापति तथा इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, कोशी गाउँपालिकाका अध्यक्ष अयुव अन्सारी, हरिनगर गाउँपालिकाका अध्यक्ष गफार अन्सारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमलअख्तर आजादलगायत उपस्थित रहेका थिए ।

यसैबीच, संघको कोशी प्रदेश सभापतिमा इस्राइल मन्सुरी सर्वसम्मत चयन भएका छन् भने उपसभापतिमा मोहम्मद महताब आलम, सचिवमा मोहम्मद बसिर मियाँ चुनिएका छन् ।

रासस

आइतबार, ३० मंसिर २०८१, ०६ : ३७

प्रतिक्रिया