त्रिभुवन विश्वविद्यालयमा एकै पटक ८ संकायमा  डिन नियुक्त

आइतबार, ३० मंसिर २०८१, ११ : ५९

काठमाडौं - त्रिभुवन विश्वविद्यालयमा एकै पटक ८ जना डिन नियुक्त भएका छन्।

शनिवार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले ८ वटा संकायका डिन र ३ वटा अनुसन्धान केन्द्रका कार्यकारी निर्देशक नियुक्त गरेको हो। नियुक्ति पाएकाहरूलाई आज (आइतबार) नै नियुक्ति पत्र हस्तान्तरण गरी पदस्थापन गर्ने कार्यक्रम छ।

त्रिविका अनुसार मानविकी तथा सामाजिकशास्त्र संकायको डिनमा प्रा.डा. द्विविनन्द ढकाल नियुक्त भएका छन्। त्यस्तै इन्स्टिट्युट अफ मेडिसिनको डिनमा प्रा.डा. मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाल, शिक्षाशास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर वज्राचार्य, विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल डिन नियुक्त भएका हुन् ।

बैठकले योजना निर्देशनालयका निर्देशकमा डा लक्ष्मीकान्त शर्मा, शिक्षा विकास तथा अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा डा राजेन्द्र कुँवर र व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा प्रा.डा. मीना राजभण्डारीलाई नियुक्त गरेको छ। 

यही मंसिर २७ गते बसेको त्रिविको साधारण सभा (सिनेट) बैठकमा त्रिविका कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ७ गतेभित्र डिन नियुक्त गर्न निर्देशन दिएका थिए।  

 

आइतबार, ३० मंसिर २०८१, ११ : ५९

प्रतिक्रिया