द आर्ट अफ लिभिङ नेपालद्वारा अन्तर्राष्ट्रिय ध्यान डे आयोजना

शुक्रबार, ०५ पुस २०८१, १५ : ५०

काठमाडौं - ‘द आर्ट अफ लिभिङ नेपाल’ले २१ का दिन ‘अन्तर्राष्ट्रिय ध्यान डे २०२४’ कार्यक्रम आयोजना गरेको छ । 

संयुक्त राष्ट्रसंघले डिसेम्बर २१ लाई विश्व ध्यान दिवस घोषणा गरेअनुरूप उक्त दिन सो कार्यक्रम आयोजना गरिएको हो ।विश्व मानवतावादी तथा आध्यात्मिक महापुरूष श्री श्री रवीशंकरबाट चार दशक अगाडि ई.सं. १९८१ मा स्थापित ‘द आर्ट अफ लिभिङ’ले हाल १८६ राष्ट्रमा लगभग ४.५ करोड अनुयायीहरूमाझ आफ्ना गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ ।

हिंसामुक्त समाज, तनावमुक्त मन र शान्ति र खुसी बाँड्ने उद्देश्यले यो संस्था क्रमिक रूपमा योग र प्राणायाम क्रिया र ध्यानमा पूर्ण सफलताका साथ अघि बढिरहेको छ । डिसेम्बर २१, २०२४ को विश्व ध्यान दिवसका अवसरमा विश्वभरका मानिसहरू श्री श्री रविशंकरसँग ध्यान गर्न एकसाथ भेला हुँदै छन् । 

यो ऐतिहासिक र सबैभन्दा ठुलो ध्यान कार्यक्रम राष्ट्रसंघको प्रधान कार्यालयबाट प्रसारण हुनेछ । सो दिन राति ८ बजे माथि फोटोमा भएको क्यूआरमा स्क्यान गरी लाइभमा सहभागी भई ध्यान गर्न सकिने छ ।

शुक्रबार, ०५ पुस २०८१, १५ : ५०

प्रतिक्रिया