गायिका धनमाया तामाङकाे २०औँ स्मृति दिवस सम्पन्न

शनिबार, ०६ पुस २०८१, १० : ५०

काठमाडाैं- ठाडो एवं ढिलो भाकाकी वरिष्ठ गायिका धनमाया तामाङको २०औँ पुण्यस्मृति दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको छ । शुक्रबार इटहरी संगीत साधना प्रतिष्ठान नेपालको सभाहलमा सांगीतिक कार्यक्रको आयोजना गरी उनको योगदानको सम्झना गर्दै स्मृति दिवस मनाइएको हो । धनमायाको पुण्यतिथिको अवसरमा शुक्रबार उनका रचना र गीतहरूलाई गाएर उनिप्रति श्रद्धाभाव अर्पण गरिएको संगीत साधना प्रतिष्ठान इटहरीका महासचिव राजु केसीले बताए ।

उनले भने, “उहाँको पुण्यतिथिको अवसरमा आठवटा गीत प्रस्तुत गरिएको थियो भने उहाँको जीवनीबारे छलफल र चर्चा गरिएको गरियो ।” नेपाली परम्परागत मौलिक संस्कार संस्कृतिको संरक्षण गर्नु आवश्यक रहेको बताउँदै महासचिव केसीले धनमाया तामाङबाट नेपाली मौलिक संगीतको संरक्षण प्रवर्द्धनका लागि गरेको महत्त्वपूर्ण योगदानको स्मरण गरे । विशेष गरी नेपालको पश्चिम भागमा प्रचलित भाकालाई पूर्वमा प्रचारप्रसार गरेर पूर्व र पश्चिमको भावनालाई जोड्ने संस्कृति विकासमा निकै सहयोग पुगेको उनले बताए ।

धनमाया तामाङले आफ्नो जीवनलाई नेपाली मौलिक संगीत संस्कृतिको प्रवर्द्धनका लागि खर्चिइन् । जुन सम्मानित कार्य रहेको छ । भूगोलले पूर्व–पश्चिम रहे पनि पश्चिम भागमा रहेका संगीत संस्कृतिलाई पूर्वी भागमा फैलाउने जोड्ने काम यस कार्यक्रमले गरेको छ । नेपालमै पहिलोपटक ठाडो भाका, ढिलो भाका र दाई गीत रेकर्ड गरी श्रोता दर्शकमाझ ‘धन’ २०५८ अडियो र २०६३ मा अडियो ‘भिजुअल’ प्रस्तुत गरेपछि उनि नेपाली जनमानसमा निकै लोकप्रिय बनेकी थिइन् ।

धनमाया तामाङ नेपालको लोकगीतको उर्बर भूमि लमजुङमा २०१७ साल फागुन २० गते जन्मिएकी थिइन् । उनले २० थरीभन्दा बढी लोकभाका गाउन सक्ने उहाँले लोप हुन लागेका ठेट लोकगीतहरू नेपालमै पहिलोपटक ७२ देखि ७४ वर्षको उमेरमा रेकर्ड गरेर ‘धन’ अडियो तथा म्युजिक भिडियो प्रस्तुत गरी लोकसंगीत संरक्षण र सम्वर्द्धनको क्षेत्रमा उनको ठूलो योगदान रहेको छ । मधुरीमा फूलकुमारी महतो सम्मान २०५८ द्वारा समेत सम्मानित भएकी उनिले ७५ वर्षको उमेरमा २०६१ साल पुस ५ गते काठमाडौंमा मृत्युवरण गरेकी थिइन् ।

शनिबार, ०६ पुस २०८१, १० : ५०

प्रतिक्रिया