काठमाडौं - प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न ५ जना संस्थापक सेयरधनीहरूको नाममा रहेको २ लाख ७४ हजार २०१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।
कम्पनीले यी सेयरहरू यसअघि कम्पनीकै विद्यमान संस्थापक सेयरधनीहरूलाई खरिद प्रस्ताव गरेकोमा बिक्री नभएपछि सर्वसाधारणलाई खरिद आह्वान गरेको हो। उक्त सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले आगामी ७ दिन भित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्नु पर्नेछ।
प्रतिक्रिया